नविकरणीय उर्जा सम्मेलनको तयारी


काठमाडौंः नविकरणीय उर्जा संवन्धमा अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । विश्व समुदाय नविकरणीय उर्जाका प्रविधि अनुसन्धान र विकास गर्दै अत्यधिक प्रयोगमा ल्याउन यही चैत्र १५ देखि काठमाडौंमा वृहत अन्तर्राष्ट्रिय आयोजना हुन लागेको हो । काठमाडौं विश्वविद्यालयको स्कूल अफ ईञ्जिनीयरिङ्गका अनुसार ३ दिन चल्ने सो कार्यक्रममा २५ मुलुकका ३०० प्राज्ञ तथा विज्ञहरु सहभागी भै १२४ वटा विभिन्न कार्यपत्रहरु माथि छलफल गर्ने छ ।
यस अघिका चार पटक बङ्गलादेशमा सम्पन्न गरिएको अन्तर्राष्ट्रिय नविकरणीय उर्जा प्रविधि विकास सम्मेलन पाँचौँ पटक नेपालले आयोजना गरिरहेको हो । यस सम्मेलनमा प्रस्तुत हुने विभिन्न कार्यपत्रहरु र निष्कर्षहरुबाट नेपालको र अन्य मुलुकहरुका लागि अध्ययन–अनुसन्धान गर्न, नीति निर्धारण गर्न र व्यवहारमा उतार्न समेत सहयोग पुग्ने आशा गरिएको छ ।
नेपालको सन्दर्भमा जलविद्युत नै प्रमुख नविकरणीय उर्जाको स्रोत भएको र सौर्य उर्जा वायु उर्जा प्रविधिहरु उपयोग गरेर उर्जा सुरक्षाका लागि उर्जा सम्मिश्रणको अवधारणा अघि बढाउर्न पनि यस अन्तर्राष्ट्रिय भेलाबाट मद्दत पुग्ने आयोजकको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?