ग्रीन डेभलपमेन्ट,ललितपुर, सिनर्जी र जानकी फाइनान्स बिद्युतिय भुक्तानी प्रणालीमा आबद्ध


काठमाडौ: बैंक वित्तीय संस्थालाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमाआवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिग हाउस लिमिटेडले, ग्रीन डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, सिनर्जी फाइनान्सर जानकी फाइनान्स लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने सम्झौता गरेको छ ।
सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पm बाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र ग्रीन डेभलपमेन्ट बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत बैकुण्ठ राज तिम्सीना, ललितपुर फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र बहादुर न्हुच्छे प्रधान, सिनर्जी फाइनान्सका तर्फ बाट प्रमुखकार्यकारी अधिकृत विनीतमणि उपाध्याय र जानकी फाइनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरेका छन ।सम्झौताअनुसार नेपालक्लियरिङ्ग हाउस लिमिटेडले ती बैंक वित्तीय संस्थालाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसिएचएल आइपिएस प्रणाली उपलब्ध गराउने पनि बिज्ञप्तिमा उल्लेख छ । एनसिएचएल आइपिएस प्रणालीमा हाल सम्म कम्पनीले ७४बैंक तथा वित्तीय संस्थासंग प्रत्यक्ष सदस्यको रुपमा र अन्य ७ कम्पनीलाई अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरि उक्त प्रणाली सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?