सामसङ मोबाइल प्रि–बुकिङ गर्नेलाई बिक्री सुरु


काठमाडौः सामसङले काठमाडाँैमा प्रि–बुकिङ गरेका ग्राहकलाई ग्यालेक्सी एस ९ को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा उक्त मोबाइलको अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीले गरेका हुन ।
केही दिनदेखि ग्यालेक्सी एस ९ प्लस प्रयोग गरिरहेको र यो ंएक सुन्दर स्मार्टफोन भएको उनले बताइन र ग्यालेक्सी एस ९ मा ंसंसारको सर्वाेत्कृष्ट क्यामेरा ड्वल एपरचर लेन्सको विशेषता सहित निर्माण गरिएको दावी कम्पनीले गरेको छ ।
पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने दावी कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?