मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा


वासिङ्टन :अमेरिकी उपविदेशमन्त्री जोन सुलिभ्यानले सोमबार मलेसिया र इन्डोनेसियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । मलेसियाका विदेश मन्त्री अनीफाह अमान र इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदी जोनसँग उहाँले सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नावेर्तकाअनुसार सुलिभ्यान र अमानबीच अमेरिका र मलेसियाबीचको साझेदारी र कुटनैतिक क्षेत्रका साथै आर्थिक र सुरक्षा व्यवस्थाबारे वार्ता भएको थियो । त्यसैगरी मर्सुदी र सुलिभ्यानबीच भएको भेटवार्तामा पनि दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र विस्तार गर्ने तथा अन्य अन्तरराष्ट्रिय मुद्दामा समेत वार्ता भएको बताइएको छ । (सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?