कलर्सको ‘पी ५० प्लस’ मोबाइल बजारमा


काठमाडौं : कलर्स मोबाइलले आफ्नो प्राइड सिरिजअन्तर्गत एक नयाँ फोन प्राइड ‘पी ५० प्लस’ बजारमा ल्याएको छ । यो फोन फोरजी प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ ।
फोनमा ५ इन्चको स्क्रिन, २.५ डी बक्र सिसा, २ हजार २०० एमएएच ब्याट्री, दोहोरो सिम , ५ मेगापिक्सेल र २ मेगापिक्सेल क्षमताका क्रमशः पछाडि र अगाडि क्यामरा जडान गरिएको छ । फोनको सुरुवाती मूल्य ६ हजार ९९५ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले फोन सस्तो मोलको उपलब्ध गरेको बताए । ‘अब प्रयोगकर्ताले फोरजी चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनुपर्ने अवस्था रहेन,’ उनले भने ‘हामी चाहन्छौं सबको गोजीमा फोरजी फोन अटाओस् ।’ त्यसैले नेपली बजारमा ‘गोजीगोजीमा फोरजी मोबाइल भन्ने नाराका साथमा उक्त मोबाइल ल्याएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?