तुलसीपुरमा मुक्तिनाथ विकास बैंकको शाखा


काठमाडौं: मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुर उपमहानगरपालिका ५ ‘ग’ लाइनमा शाखा विस्तार गरेको छ । उक्ता शाखाको दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका कम्पनी सचिव डण्डपानी ढकालले स्वागत मन्तव्य तथा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपमेयर माया शर्मा अचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे समाजसेवी शेशुराम भण्डारी तथा प्रजातान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष जनक खराललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि हिराचन्द्र केसीले यस क्षेत्रमा वित्तीय संस्थाबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकाले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे ।
अबको राष्ट्रिय एजेन्डा आर्थिक समृद्धिको भएको भन्दै बैंकलाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरे । हाल बैंकले अवलम्बन गरेको मोडेल हाम्रो देशको आवश्यकता रहेकाले सोहीबमोजिम यस विकास बैंकले योगदान दिने भएकाले सबैले सहयोग र साथ दिन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?