नेपाल बंगलादेश बैंकको आर्थिक सहयोग


काठमाडांैः नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंलाई १८ लाख ६० हजारको रकम हस्तान्तरण गरेको छ ।
बैंकका प्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र महानगरीय प्रहरी परिसर काठमाडौंको तर्फबाट प्रमुख एसएसपी विश्वराज पोखरेलद्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो रकम परिसरले प्रत्येक महिना उत्कृष्ट काम गर्ने सिपाहीदेखि डीएसपीसम्मका ६ जनालाई पुरस्कृत गर्ने जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधंै सामाजिक विकासप्रति सचेत र सजग रहेको भन्दै आफ्नो मन्तव्य व्यक्त गरेका थिए । यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधंै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।
बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले उक्त नाराअनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?