चनौली र दलदलेमा इन्भेस्टमेन्ट बैंकको शाखा


काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले चनौली र दलदलेमा शाखा विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका दुई शाखाको उद्घाटन गरेका हुन् ।
नारायणगढ र पर्सामा रहेको तत्कालीन एस डेभलपमेन्ट बैंकका यी दुवै शाखालाई एनआईबीएलले प्राप्ति गरेपश्चात भरतपुर महानगर २० चनौलीमा र देवचुली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबीएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरू स्थानान्तरण गरिएको जनाएको छ ।
बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएको पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?