नेपालगंजमा गोर्खाज फाईनान्स


काठमाडौंः गोर्खाज फाइनान्सले नेपालगञ्जको सूर्खेत रोड स्थित धम्बोझीमा २१ औँ शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाको आतिथ्यमा गोर्खाज फाईनान्स संचालक समितिका अध्यक्ष पे्रम वहादुर खापुङ र नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ समाजसेवी अमृत कर्माचार्यले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।
यो संगै फाइनान्सको २१ शाखा ६ एटिएम, इएमभी चिपयुक्त डेबिट कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, सि–आश्वा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?