रिलायबल लाइफ र स्पर्श लघुबित्त सम्झौता


काठमाडौंः रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका हुन ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनालाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले बैंकमार्पmत आफ्ना जीबन बीमा लेख बिक्री गर्नुका साथै वित्तीय संस्थाको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?