भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक स्थापना


नयाँ दिल्ली (सिन्ह्वा): भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए) लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो ।
प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीले बताए । “उपग्रहलाई आफ्नो कक्षमा सफलतापूर्वक स्थापना गर्न हामी सफल भएका छौँ,” अधिकारीले भने । यससँगै सिमविना नै भारतभर मोबाइलबाट सूचनाको आदानप्रदान गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?