भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’:चीन


बेइजिङ, चीन (सिन्ह्वा): चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो । उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो ।
सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका निर्णयद्वारा भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको दखिन्छ नि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “चीन र भारतबीचको सम्बन्धले सकारात्मक दिशा लिएको र यो दुवै देशको संयुक्त कूटनीतिक प्रयासले सम्भव भएको छ ।”
चीनले भारतीय पक्षसँग यस सन्दर्भमा आपसमा सहमति निर्माण गरेर सहकार्य गर्न तयार छ र यसबाट आपसी रूपमा राजनीतिक विश्वास विस्तार हुनेछ । सम्बन्ध सुधारका लागि दुवैको जीत हुनेगरी एकआपसमा सहमति निर्माण गरी सही दिशामा अघि बढाइने उहाँको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?