सल्यानमा मुक्तिनाथ बैकका ३ शाखा


काठमाडौंः मुक्तिनाथ विकास बैंकले सल्यानमा एकै साथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो ।
लुहाम स्थित लुहाम शाखाको उदघाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गरेका हुन । उनले यस क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्नको लागी वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएको बताए ।
त्यसै गरी बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको उदघाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीको आतिथ्यतामा भएको हो । उक्त शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि बुढाथोकीले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागी वित्तीय संस्थाहरुको उपस्थिति बढ्नु खुशीको कुरा भएको बताए ।
शारदा नगरपालिकाकोे श्रीनगरमा शाखा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन । अधिकारीले सल्यानमा ३ वटा शाखा विस्तार गरी यहाँका जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे ।उनले आगमी दिनमा क वर्गको बाणिज्य बैंकमा आफ्नो स्तरलाई उकास्नुपर्ने मा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?