कुलेश्वरमा सिताराम दुधको बिक्री केन्द्र


काठमाडौः सिताराम गोकुल मिल्क काठमाण्डौ प्रा.लिले आफनो आधिकारिक बिक्री केन्द्र सिताराम डेरी बिक्री केन्द् कुलेश्वर का(ठमाण्डौं बिक्री केन्द्र विस्तार गरेको छ ।
उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजे सम्म सितारमा गोकुलमिल्कद्धारा उत्पादित सिताराम दुध, घयु, पनीर, बटर , दही तथा पेडा बिक्री गरिने पनि उल्लेख छ ।
बिक्रीकेन्द्रको उद्घाटन नेपाली चलचित्र क्षेत्रको नायिका तथा हास्य कलाकार दिपाश्री निरौला तथा जितु नेपालद्धारा संयुक्त रुपमा गरिएको थियो । स्वास्थ्यको लागि अति नै महत्वपुर्ण एवं मानिसको शरीरलाई चाहिने आवश्यकपोषण दुधबाट मात्र सम्भव भएको निरौलाले बताएको पनि बिज्ञप्तिमा उल्लेख छ ।
केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्क निजी क्षेत्रका सबैभन्दा ठुलो दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन कम्पनी हो । यसको स्थापना २०५२ सालमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?