पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना


काठमाडौँ: नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौँको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशीघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । अर्काे बैठक २१ गते बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी वैशाख २२ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?