सिजीको नगदमा गद गद योजना


काठमाडौंः नयाँवर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकका लागि विभिन्न सामानको खरिदमा आकर्षक र उपयोगी योजना बजारमा ल्याएको छ । ‘सिजी नगदमा गद् गद्’ नामक उक्त योजना अन्तर्गत सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्ने अबसर रहेको कम्पनीले बताएको छ ।
योजना अनुसार ४९ इन्चदेखि माथिका साइजका टिभीको खरिदमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्रदान गरिने छ । त्यसभन्दाकम साइजका टिभीको खरिदमा २० इन्चदेखि ४३ इन्चसम्म २० प्रतिशत नगद छुट उपलब्ध गराउने जनाइएको छ ।
त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट खरिदकर्ताले प्राप्त गर्न सक्नेछन् । एसिमा निशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजीको इन्डक्सन र टपलोडि वासिङ मेसिनमा सिजी कै आइरन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?