आइएमई जनरल र भरपर्दो सहकारी सम्झौता


काठमाडौः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका हुन । सम्झौता पछि सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५०० जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुनेछ ।
सोही अवसरमा आइएमईका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना ग्राहकका लागि .५० हजार रुपैयाको औषधोपचार बीमा तथा १ लाखको व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएकोमा खुसी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?