सिद्धार्थ बैंकको तीन शाखारहित बैंकिङ्ग सेवा


काठमाडौंः सिद्घार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुचारु गरेको छ ।
बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोक सहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको हो । गोर्खे बजार शाखारहित बैंकिङ्ग सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राज कुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ्ग सेवाका सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धन बहादुर राई र गोदक शाखारहित बैंकिङ्ग सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेक बहादुर घिमिरेले गरेका हुन ।
शाखारहित सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय स्थरमै सहज रुपमा बैंकिङ्ग सेवा लिन सक्ने कुरामा बैंक बिस्वस्थ रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ३ वटा शाखारहित बैंकिङ्ग सेवासहित हालै बैंकले मुलुकभर १०० वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर सहित ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को फागुण मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड र कर्जा लगानी ७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले १ अर्ब १३ करोड खुद नाफा आर्जन गर्न सक्षम भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?