यामाहाको सत प्रतिसत क्यासब्याक


काठमाडौंः इटहरीस्थित यामाहा सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका इनरुवाका विपिन दाहालले सत प्रतिसत क्यास ब्याक प्राप्त गरेका छन । सोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनले सो अफर पाएका हुन । पहिलो स्क्र्याचमा पाँच हजार डिस्काउन्ट पाएका उनले दोस्रोमा परफूम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरुप पाए । पाँचौं तथा अन्तिम स्क्र्याचमा उनले १०० प्रतिसत क्यासब्याक प्राप्त गरेका हुन ।
यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने छन । जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सत प्रतिसत सम्म ‘क्यास ब्याक’ पाउने पनि कम्पनीले जनाएको छ ।
यो योजनामा अझै धेरै उपहार र सतप्रतिसत क्यासब्याक बाँकी रहेको कम्पनीले जनाएको छ । यामाहाको स्क्र्याच बुकमा पाँच वटा पाना हुने र त्यसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाउने पनि कम्पनीले जनाएको छ । यो योजना १ चैत बाट ३१ बैशाखसम्म चल्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?