सेञ्चुरी बैंकद्वारा कम्प्युटर हस्तान्तरण


काठमाडौंः सेञ्चुरी कर्मसियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मा. वि. काभ्रे–४, बनेपालाई उग्रचण्डी नाला समाज मार्फत हस्तान्तरण गरेको छ ।
सो कम्प्युटर सेञ्चुरी बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?