सुर्खेतमा नबिल बैंक


सुर्खेतः नबिल बैंकले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ । सुर्खेतको वीरेन्द्रनगर, टीकापुर कैलाली र लमही दाङ्मा शाखा कार्यालय स्थापना गरिएको हो ।
सोमबार एक कार्यक्रमवीच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र बैकका अध्यक्ष शम्भु प्रसाद पौडेलले संयुक्त रुपमा बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन ।
नबिललाई कर्णाली प्रदेशका स्वागत गर्दै मुख्य मन्त्री शाहीले प्रदेशका जनताको वित्तिय तथा आर्थिक उन्नतीमा हातेमालो गरिने बताए । बैंकले प्रदान गर्ने सेवा सुविधाले कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान रहने बताउँदै विकास सहयोगी साझेदारका रुपमा लिइएको बताए ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यकता अनुसार उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिणामात्मक रुपमा सरकारी ढुकुटीमा पु¥याएको योगदानबाट सबैलाई गौरवको अनुभुति भएको बताए । बैंकका कार्यवाहक कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकले थप नयाँ शाखाहरुबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको बताए । नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल १०९ वटा एटिएम सेवा, एक हजार पाँच सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?