सिटिजन्स बैकद्वारा विद्यालयलाई सहयोग


काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।
यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा एक लाख पचास हजारको चेक विद्यालयका प्राचार्य एस .के .नेपाललाई हस्तान्तरण गरेका हुन । बिद्यालयका प्राचार्य एस .के .नेपालले उक्त रकम फर्निचर किन्नका निम्ति प्रयोग हुने जानकारी दिए । कार्यक्रमलाई सँवोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए ।
भण्डारीले सामुदायिक विद्यालय आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने कुरामा जिकिर गरे ।
कार्यक्रममा उपस्थित बालबालिकाले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंकप्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरे ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने पनि भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?