गान्धीको चर्खा र भूकम्पको टहरा


युगनाथ शर्मा पौडेल
देशको सत्तामा नेताहरु बदलिए तर देशको जनताका पीडा उस्तै छन ती पीडा पनि बदलिएको भए त गणतन्त्र नेपालले नया फडको मारेको दाबी गर्ने अबस्था हुन्थ्यो तर उल्टो ती जनतामाथि स्थानीय निकायको आम्दानी बढाउने नाममा करहरु थपिएको सुन्नमा आएको छ । भूकम्प पिडितहरुले उत्साहजनक रुपमा सहयोग पाउन सकेनन । देश महाभूकम्पको पीडाबाट अहिले पनि मुक्त भएको छैन देशमा नया सरकार र प्रदेश सरकार बनेपनि स्थानीय निकायले नया रुप लिए पनि आम नागरिकहरुमा आफनै देशमा मेरो भबिश्य छ भन्ने कुरामा उनीहरुको बिश्वास छैन । हालै कोरिया जान बसेको नेपाली नागरिकहरुको ठूलो भीडले आजको राजनीतिक नेतृत्वलाई चुनौति दिएको छ यो आजको पुस्ताका नेतालाई समाजको चेतावनी पनि हो । भूकम्पको त्रासदीले आजको दिनमा पनि नेपाली समाजलाई मुक्ति दिन सकेको छैन । भूकम्पबाट बाचेकाहरुले भूकम्प र हरेक बर्ष बाढीबाट स्वर्गबास भएका हरुको आत्मालाई चीरशान्तिको कामना गरेर बिताउने यो नै आजको दिनचर्या बनेको छ त्यो यथार्थ हो । आजको दिनमा जो बाचेका छन उनीहरुलाई सहयोग गरेर अगाडि बढने हो जसले जे सक्छ त्यसले त्यही गर्ने हो तर राजनीतिक तहबाट त्यसप्रकारको सुझबुझ जानेर होस वा नजानेर देखाइएको छैन । नेपाली राजनीतिका धेरै दशक एउटाले अर्कोमाथि शंका गर्दै बितेका छन तर बिगतको भूकम्पदेखि समाजमा एक प्रकारको आत्मियता स्थापित भएको छ यो पनि एक नया चेतना हो । हिजोका दिनमा भगबान बुद्धले तपस्या गरेर ज्ञान पाए र आज त्यो ज्ञान संसारकोलागि अमृत भएको छ । महात्मा गान्धीले स्वाभिमानको चर्खा आन्दोलनद्धारा भारतीय उपमहाद्धीपलाई नै स्वतन्त्र बनाउने अभियान थाले आजको दिनमा यो क्षेत्र अग्रेजहरुको गुलामीबाट स्वतन्त्र भइसकेको अबस्था छ तर के हामीभित्र त्यो चेतना बिकसित भएको छ त जुन गान्धीजीको प्रेरणा थियो ? आजको दिनमा गान्धी पढने पुस्ताको अभाब छ । त्यसो त नेपालमा पनि गान्धीको अहिंसा बुझने पुस्ता भन्दा माआकोे हिंसा बुझने पुस्ताको सत्ता साझेदारी बलियो बन्दै गएको छ र यो पनि नेपालको लागि नया राजनीतिक कोर्स हो । आज इटको जवाफ पथ्थरले दिने राजनीतिक पुस्ता हुर्किएको बेलामा गालामा कसैले एक थप्पड हानेमा अर्को थप्पड पनि हान भनेर बिनम्रता देखाउने पुस्ता कसरी जन्मिएला ? त्यसो त भारतमा समेत गान्धी बुझाउन एक निर्देशकले मुन्नाभाइ एमबिबिएसको सहारा लिए भने नेपालमा पनि गणेशमानको प्रधानमन्त्री पद त्याग बुझाउनकालागि आजका दिनमा पनि कसैले त्यस्तो फिल्म बनाउने साहस गरेका छैनन किनकी आजको दिनका भारतमा गान्धी त निरिह बनेका छन भने नेपालका बी पी कोइराला गणेशमान किसुनजी र
गान्धीबादी महेन्द्रनारायणहरुको के कुरा भयो ? । तर आजको दिनमा बुलेट ट्रेनको खोजीमा रहेको कर्पोरेट भारतमा गान्धीको चर्खा आन्दोलनको अर्थ खोज्न सायद इतिहासले नया पुस्तालाई जिम्मेबारी दिएको छ आशा गरौ त्यो जिम्मेबारी यो पुस्ताले पुरा गर्ने छ तर आजको दिनमा यो पक्तिकारले उठाउन खोजेको कुरा के हो भने नेपालमा भूकम्पले खडा गरेको बिपत्तिमा जुन टहरो आन्दोलन चलेको थियो त्यसका पछाडि रहेका केही तथ्यहरुलाई पनि हामीले बिर्सनु हुदैन नया राजनीतिक पुस्ता भित्र लुकेको त्यो चेतनाले २१ औ शताब्दिलाई चिनेको छ । त्यतीमात्र होइन आजको राजनीतिक पुस्तालाई टहरो बनाउन गाउ कन्दरा घुमाएको थियो भने बाढी आएको बेलामा यो पुस्ता फेरि पनि त्यो अभियानमा जुटेको थियो । यो उत्साह र खुसीको कुरा हो । केही समय अगाडि हिमाली क्षेत्रको युबाहरुले चन्दा संकलन गरेर बिराटनगरको बाढी पीडितलाई सहयोग गर्ने जुन पबित्र कर्म गरेका थिए त्यो पनि चानेचुने कुरा थिएन भुगोलको दृष्टिले । हिमाल र पहाडमा बस्ने ती युवाहरुलाई जसरी आज तराइ मधेशको पीडाले छोएको अनुभूति भएको छ हिजो भूकम्पका बेलामा मधेशको भाईलाई पहाडको पीडाले छोएको थियो यो नै आजको दिनको उच्चतम मानवता हो जहा नेताहरुले बिगारेको सम्बन्धलाई जनस्तरबाट सुधारिदै छ यो नै नेपालकमो पहिचान हो आजको दिनमा ।हिमालदेखि मधेशमा बस्ने सबै नेपाली दाजुभाईलाई एउटै सूत्रमा बाध्ने राजनीतिक र सामाजिक चिन्तन आबश्यक रहेको छ र समयले नेपाललाई त्यो बाटोमा अगाडि लगेको छ । यो जुन चेतना आजको पुस्ताले अनुभूत गरिरहेको छ त्यो बी पी कोइरालाले २०१५ सालमा गरेका थिए तर उनको त्यो सरकारले १८ महिना पनि राज गर्न पाएन आजको चिन्ता के हो भने जुन पुस्ता आजको दिनमा टहरो अभिायान देखि राहत र उद्धारमा दौडिरहेको छ यो पुस्ताले पनि आजको दिनमा गान्धीको चर्खा आन्दोलनबाट धेरै सिक्न सक्छ । केही समय अगडिको कुरा हेर्दा यो समयमा भूकम्प र बाढीको टहरो सबैलाई सामान्य लाग्न सक्छ तर एउटा राजनीतिक अर्थशास्त्र बुझेको बिद्यार्थीकालागि त्यो बलियो अर्थतन्त्रको नमूना पनि थियो । आजका दिनमा हामीले बनाएका रिसोर्टहरु टहरोकै मोडेलका बनाउदा त्यो कर्पोरेट जगतकालागि बिदा मनाउने स्थान हुन सक्ने ? तर त्यो भूकम्प र बाढीपीडित परिबारकालागि बनाउदा अस्वाभाबिक हुने होइन यो बलियो अर्थतन्त्रकोलागि नमूना पनि हुन सक्छ । भूकम्प र बाढीको बलियो सन्देस सबैले पाइसकेका छन महलमा बस्नेहरु पनि पालमुनी बस्न बाद्य भएका कारण यो बास्तबिकता बुझेर पनि आजको दिनमा टहरो आन्दोलनलाई केही परिस्कृत गरेर सम्भब भएसम्म सस्तोमा घर बनाउने सरकारी तहबाट आफनै पहिचानको नेपाली मोडेल हुनु पर्छ जुन मोडेलले भूकम्प र बाढी पछिको नेपाल चिनाओस यो पनि आजको चासो हो । जे होस राजनीतिले केही भएपनि अग्रगमन लिएको छ । हिजोका दिनमा युृद्ध सरदार जन्माउनेहरु पनि आजका दिनमा त्यसप्रति पश्चाताप गरेकोले त्यो बाटो अबको कसैको चाहना नहोला। शान्तिकालागि युद्ध सरदार चाहिने भए आजको अफगानिस्तान र पाकिस्तान इराक सिरियामा जति युद्ध सरदारहरु छन् ती देशमा सम्पूर्ण शान्ति र लोकतन्त्रको सुन्दर अभ्यास हुनुपर्ने थियो । तर आज ती देशहरु सबैभन्दा बढी हिंसा र आतंकले पीडित छन् । त्यसो त अफगानिस्तानको कुरा गर्ने हो भने त्यो देशको बहादुर पठान जाति उसको गौरवमय इतिहास बोकेको जाति हो । तर आज दुर्भाग्यपूर्ण कुरा युद्ध सरदारहरुकै कारण हरेक दिन राजधानी काबुल हिंसाको पीडाले रोइरहेको छ त्यो क्रम अर्को युद्ध सरदार जन्माउने देश पाकिस्तानको पनि छ सिरिया र मध्यपूर्बका बिबादको त कुरै भएन । इतिहासको कालखण्डमा जुनसुकै नाममा सत्ता कब्जा गरेर लोकतन्त्रको पक्षमा आवाज बुलन्द गर्नेहरुले यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फासीमा झुन्डाउने युद्ध सरदारहरुदेखि लिएर झापामा धर्मभक्त ढकाल परिवारको टाउको काट्ने युद्ध सरदार हुँदै लमजुङमा मुक्तिनाथ अधिकारीहरुलाई रुखमा झुन्डाउने युद्ध सरदारहरुको कहाली लाग्दो तस्वीर देशले देखिसकेको छ र देश फेरि त्यो दृष्य मञ्चन भएको देख्न चाहदैन अर्थात जनताकालागि त्यो स्वीकार छैन । त्यसैले भगवान बुद्धको यो देश फेरि पनि युद्ध सरदारहरु जन्माउनुपर्छ भन्ने चिन्तनसँग कुनै पनि अर्थमा देश सहमत हुन सक्दैन यो कुृरामा सबैको एकमत नै देखिन्छ । कमसेकम केहीसमय अगाडिको भूकम्प र हरेक बर्षको बाढीको त्रासदीले धेरै राजनीतिक दलहरुका अहंकारलाई भत्काएको आशा गरियो भने त्यो स्वाभाबिक हो । आज पनि सबैलाई लागिरहेको छ भगवान बुद्ध र सगरमाथाको यो भूमिमा विजय युद्ध सरदारकै हुनेछ भने त्यसले आजका दिनमा पनि गान्धीको चर्खा स्वाभिमान र भूकम्प र बाढीका टहरो स्वाभिमानलाई बुझेको छैन । । आजका दिनमा राजनीतिमा भाग लिएको नयाँ पुस्ताले विचारको युद्ध लड्न सक्नुपर्छ त्यो युद्धमा भूकम्पमा टहरो निर्माण पुस्ता र बाढीमा मन बचन कर्मले इमान्दारिताका साथ राहतमा भाग लिएको पुस्ता सामेल हुन सक्छ जसले आजको देश बुझेको छ उसले जनतालाई पनि बुझन खोज्दैछ । यो पंक्तिकारलाई आज पनि लाग्छ राजनीतिक पात्रहरु फरक फरक हुन सक्लान् उनीहरुले कहिले बुद्धका नाममा तपस्या गर्लान कहिले गान्धीका नाममा चर्खा काटलान कहिले योग साधनाका नाममा साधनामा बस्लान र कहिले भूकम्प पीडितको लागि टहरा निर्माण गर्लान कहिले बाढी पिडितका नाममा उनीहरुलाई इमान्दार सहयोग गर्लान यी सबै समाजबादका साधकहरु ह्ुन त्यसैले आजको भूकम्पको त्रासदीमा पनि पक्तिकार ती सबै नेपाली युबाहरुलाई सलाम गर्छ जसले आफनो ज्यानको जोखिम मोलेर भए पनि दिनदुखीको जुनसुके प्रकारले सेबागर्ने भन्ने सेवाभावमा छन अर्थात उनीहरुको परोपकार प्रेम स्तुत्य छ जो भए पनि । भूमिकाहरु फरक फरक हुन सक्लान् तर जुनसुकै मूल्यमा राजनीतिमा बुद्ध र गान्धीको बिचार हार्दैन जहा एउटाले राजपाठ त्यागेको थियो भने अर्कोले एउटा थप्पड हान्नेलाई अर्को थप्पड हान्न बिनम्र अनुरोध गरेको थियो । अर्थात् तत्कालका लागि सबैलाई अप्रिय लाग्न सक्छ तर दीर्घकालिन रुपमा जसरी विचारका दृष्टिकोणले बुद्ध र गान्धीहरु हार्दैनन् ठीक त्यसरी नै ब्यबहारका दृष्टिले आजको दिनमा समाजसेबीहरु प्नि हार्दैनन । उनीहरुसंग भगवान पनि नतमस्तक हुन्छन ।
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?