नेपाल क्लियरिङ्ग हाउसमा आचार्य


काठमाडौ : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ११० औंैं संञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्य सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन भएका छन । आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा र राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन । कम्पनीको संञ्चालक समितिमा राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहने ब्यवसथा रहेको छ ।
कम्पनीले हाल सदस्य बैंक तथा वित्तीय संस्थाबाट खिचिएका चेक एनसिएचएल इसिसि प्रणाली मार्फत र ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली संञ्चालन गर्दै आएको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?