चनौली र हेटौंडामा ओमको शाखा


काठमाडौ : ओम डेभलपमेन्ट बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडामा शाखा विस्तार गरेको छ । बिस्तारित शाखा मध्ये चनौलीको उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहन लाल प्रधानले भिमनगर मा.बि.का बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखाको उदघाटन गरेका थिए ।
हेटौंडा शाखा उदघाटन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले मकवानपूर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखा तथा एटिएमको उद्धघाटन गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?