टिभिएस जुपिटरका ग्राहकले प्रियंका संग


काठमाडौं : टिभिएस मोर्टसका उत्पादन टिभिएस मोटरसाईकल र स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोर्टसले आफ्ना अमुल्य टिभिएस जुपिटर क्लासिक ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ ।
कम्पनीले मोटरसाईकल वा स्कुटरको बिक्री पश्चात्पनि आफ्ना ग्राहकलाई सधै आफुसँग जोडिएर राख्न यस्ता किसिमका अवसर सृजना गर्दै आएको हो । जगदम्बा मोर्टस प्रालिका उपाध्यक्ष दीपक अग्रवालका अनुसार मोटरसाईकल बिक्रीलाई मात्र प्राथमिकतामा नराखी बिक्री पश्चात्को सेवा र ग्राहकको मनोरञ्जनलाई समेत ध्यानमा राखि यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
भोलिका दिनमा समेत यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै जाने विश्वास कम्पनीले लिएको छ । छोटो समयमा टिभिएस जुपिटर क्लासिक नेपाली युवाको रोजाईमा पर्न सफल भएको दावी पनि कम्पनीले गरेको छ । टिभिएस जुपिटर क्लासिकका ब्राण्ड एम्बेसडर कार्कीले भने, ‘जुपिटर क्लासिकका ग्राहकहरुसँग बसेर चलचित्र हेर्ने मौका जुराई दिएकोमा म निकै हर्षित छु । भोलिका दिनमा समेत अन्य यस्तै मनोरञ्जनात्मक कार्यक्रम कम्पनीले गर्दै जाने मेरो विस्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?