जगदम्बा सिमेन्टको निर्माणकर्मी भेटघाट


काठमाडौ: जगदम्बा सिमेन्टले चालु आर्थिक बर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ भन्ने नाराका साथ बालाजु क्षेत्रमा निर्माणकर्मीसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्न कम्पनीले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल स्मिथको अत्याधुनिक प्रविधि जडान गरी उत्पादन क्षमतालाई बिस्तार गरेको छ । दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा ब्यवसायिक ज्ञान दिदै देशब्यापी यस्ता बिशेष भेटघात कार्यक्रम आयोजनागर्दै आइरहेको कम्पनीले जनाएको छ । १६० भन्दा बढी निर्माणकर्मीको उपस्थिती रहेको सो कार्यक्रममा देशब्यापी रुपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?