सानिमा लाईफ इन्स्योरेन्सको दुई शाखा बिस्तार


काठमाडौ: सानिमा लाईफ इन्स्योरेन्सले मुलुकभर शाखा सञ्जाल विस्तार गर्ने उद्देस्यले जनकपुर तथा सिरहाको लाहानमा शाख विस्तार गरेको छ ।
कम्पनीका संचालक बद्रीबिशाल घिमिरे र कम्पनीका व्राण्ड राजदुतकलाकार जीतु नेपाल, मुख्यप्रबन्धक गणेश चौलागाई, प्रबन्धक उषा खतिवडा लगायतको उपस्थितीमा शाखा विस्तार गरिएको हो ।
सानिमालाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैक तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समुहद्धारा प्रवद्र्धन गरिएको कम्पनीले जनाएको छ ।
सम्भावित बीमितको जीवनबीमा गराई समाजिक सुरक्षा प्रदान गर्दै, जनतामा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग,व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका उद्यमी , पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिलाई समेत जीवन वीमाको दायरामा ल्याइ बचत र आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले गरेको छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब , जारी पुँजी २ अर्ब, चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिसत अर्थात ६० करोड रुपैया निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब कायम गरिने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?