एनआईसी एसिया क्यापिटलको निःशुल्क लगानी सचेतना अभियान कार्यक्रम


काठमाडौंः लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको छ ।
सो अभियानले विशेषतः महिला, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारिक तथा आधारभूत पक्षबारेमा जानकारी गराउँदै आएको सो क्यापिटलले बताएको हो ।
विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा महिलाहरूको सुनिश्चित आर्थिक भविष्यका लागि लगानीले पु¥याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी क्यापिटलले निःशुल्क रूपमा सो अभियान सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा छ ।
यो अभियानअन्तर्गत हालसम्म २० भन्दा बढी संस्थाहरूमा एनआईसी एसिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । लगानीकर्तालाई सबल, सूचित तथा उपयुक्त निर्णय लिन एनआईसी एसिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाका साथै निःशुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?