एनसेलको ‘सही’ डेटा प्याक योजना


काठमाडौं: एनसेल प्राइभेट लिमिटेडले ‘फ्युलयोर फन’ योजनाअन्तर्गत ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डेटा प्याक ल्याएको छ ।
‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घन्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङ सेवासमेत लिन सक्ने एनसेलले जनाएको छ ।
यो योजना बिहीबारदेखि लागू हुनेछ । यसमा ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको एक दिनदेखि ३० दिनसम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याक ३९ देखि ७९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले एक दिन समयावधि रहेको आधा जीबीको सही डेटा प्याक करसहित ३९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । तीस दिन समयावधि रहेको १५ जीबी डेटा करसहित ७९९ रुपैयाँमा सुचारु गर्न सक्ने पनि एनसेलले जनाएको छ । मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउँदा हर्षित भएको एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?