क्लियरिङ हाउस र कृषि बिकास बैंक बीच सम्झौता


काठमाडौं: नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच (अन्तर बैंकिङ भुक्तानी प्रणालीमार्फत नेपालका क्लियरिङ हाउसअन्तर्गतका सदस्य बैंकहरूका जुनुसकै सदस्य बैंक तथा ग्राहकको रकम अनलाइन रकमान्तर गर्न सम्झौता भएको छ ।
जसअनुसार बैंकले नेपाल क्लियरिङ हाउसमार्फत कार्य गर्न नेपाल क्लियरिङ हाउससँग विगतमा नै सम्झौता गरेकोमा पुनः यस्तो सहमति गरेको हो । कनेक्ट आईपीएस इन्टिग्रेसन मोडल तयार गरी कनेक्टआईपीएस र बैंकको सीबीएसको बीचमा अनलाइन रकम रकमान्तर गर्ने प्रणाली तयार गरेपश्चात् यस बैंकले कनेक्ट आईपीएस इन्टिग्रेसन मोडल सञ्चालनमा ल्याउन यस्तो सहमति गरेको बैंकले जनाएको छ ।
कृषि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौतापश्चात् कनेक्ट आईपीएस इन्टिग्रेसन मोडलबाट बैंकले ग्राहकबीच र व्यवसायबीच तथा ग्राहक र सरकारलाई अनलाइन रकम रकमान्तर गर्न थप सहज बनाई बैकिङ सेवालाई छिटोछरितो तथा अझ भरपर्दो बनाउन मद्दत पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?