बेतन कर्णालीमा क्रण दिने सम्झौता


काठमाडौं: कर्मचारी संचयकोषका लगानीकर्ताको शेयर लगानी रहेको बेतन कर्णाली हाइड्रोपावर कम्पनीमा लगानीका लागि नबिल बैंक तथा नेपाल एसबिआई बैंकसँग ऋण ब्यबस्थापन गर्ने सम्झौता भएको छ । सुर्खेतको चौकुने गाविस स्थित बेतानमा बन्न लागेको बेतन कर्णाली जलविद्युत आयोजनामा नबिल र एसबिआई बैंकले २५ अर्ब रुपैयाँसम्म बैंकिङ सहबित्तीयकरणमार्फत ब्यबस्थापन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सहमतिपत्रमा कर्मचारी संचयकोषका कार्यवाहक प्रशासक दीपक रौनियार एसबिआई बैंकका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका हुन ।
एक वर्षअघि दर्ता भएको बेतन कर्णालीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रहेको छ । यसमध्य कर्मचारी संचयकोषका करिब ५ लाख ५० हजार संचयकर्ता कर्मचारीहरुको ४० प्रतिशत विद्युत उत्पादन कम्पनीको १० प्रतिशत तथा बाँकी २५ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहने बताइएको छ । आयोजनाको डिपिआर तयार भैरहेको र ड्राफ्ट इन्स्पेक्सन रिपोर्ट निर्माण भैरहेको कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
आयोजनाको कुल लागत डिपिआर प्रतिबेदन बनेपछिमात्र निश्चित हुनेभएपनि ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । लागतमध्ये ३० प्रतिशत अर्थात २१ अर्ब रुपैयाँ शेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ब्यबस्थापन गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?