इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास


काएरो, इजिप्ट (रासस/सिन्ह्वा): इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले उहाँको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो । इजिप्टमा आजीवन कारबासको सजाय पाएका व्यक्तिले २५ बर्ष जेलजीवन बिताउनु पर्ने कानूनी प्राबधान छ । उनीहरूविरूद्ध सरकारद्वारा प्रदान गरिएका प्रमुख सुविधा तथा धार्मिक महत्वका ठाउँहरूमा उपद्रव गरेको एवम् सामान्य जनजीवनलाई तहसनहस बनाउन खोजेको अभियोग लागेको छ । सजाय तोकिएका पूर्व राष्ट्रपति मोहम्मद मोर्सी, बादीलगायतका प्रायजसो ब्रदरहुड नेताहरू अहिले पनि जेलजीवन विताइरहेका छन् । बादीबाहेकका केही नेतालाई भने सजायमाथि पुनरावेदन गर्ने विकल्प अदालतले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?