सर्वोत्तमसिमेन्ट र लक्ष्मी स्टील्सको प्रबिधिक भेटघाट कार्यक्रम


काठमाडौ: सर्वोत्तमसिमेन्ट प्रालि र लक्ष्मी स्टील्स प्रालिले भवननिर्माण कार्यमा संलग्न सिनियर प्राविधिकलाई लक्षित गरी कार्यक्रम ल्याएको छ ।
उक्त कार्यक्रममा घर बनाउदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन्छ भन्ने बिषयमा जानकारी गराइएको थियो ।
बुटवल भेलामा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जना प्रबिधिक र ठेकेदारको उपस्थिति रहेको पनि सर्वोत्तमले जनाएको छ । अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योगको रुपमा दावीस् गर्दे आएको यस्ले ग्रिन सर्वाेत्तमओ.पि.सि र ग्रिनपि.एस.सि नामक ब्राण्डका सिमेन्ट उत्पादन गरिहरको छ ।
यो उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेमी रम्म रहेको कम्पनीले जनाएको छ । सर्वोत्तमले कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलको प्रयोग गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्दे आएको छ । आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादनगर्ने र सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न एक्सरे डिफ्राक्सनबाट परिक्षण हुने गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
यस्ले पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादनगर्दै आएको छ । उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन रहेको र आउने समयमा ६० हजार बोरा सम्मको क्षमता बढाउने टार्गेट यस्ले राखेको छ । यो उद्योगलाई आइ एस ओ ९००१ गुणस्तर प्रमाणित १४००१ वातावरण मैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले बताएको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?