दराज डटकमको ८१ प्रतिसत छुट


काठमाडौं : दराज डटकम डट एनपीले नयाँवर्षको उपलक्ष्यमा छुट योजना ल्याएको छ । दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशत सम्मको छुट दिने योजना ल्याएको छ ।
अनलाइन माध्यमबाट वस्तु तथा उत्पादनको बिक्री बितरण गर्दे आएको यस्ले ‘स्वदेशी सामानमा रमाऔं, नयाँवर्ष मनाऔं’भन्ने नाराका साथ ५ दिने छुट योजना सञ्चालनमा ल्याएको हो ।
१ देखि ५ वैसाख सम्म सञ्चालन हुने छुट योजना अन्तरगत दराले सस्तो मूल्यमा नेपाली उत्पादन खरिद गर्न पाइने पनि बिज्ञप्तिमा उल्लेख छ । नेपाली ब्राण्ड मध्ये गोल्ड स्टार, कपास, सोनामगियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमा छुट रहेको छ । छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्दा २५० रुपैंया थप छुट पाइने दराजले जनाएको छ । बैशाख २ देखि ५ सम्म २ हजार रुपैंयाको सामानखरिद गर्नेले २५० रुपैंया छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?