साधना लघुबित्तको साधारण सभा


काठमाडौ : साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वाषर््िाक साधारण सम्पन्न गरेको छ । गोरखाको ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले एक बरावर एक कित्ता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड, चुक्ता पूँजी ४ करोड नब्वे लाख र जारी पूँजी ७ करोड पुग्ने छ । त्यस्तै सभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । जसको संचालकमा राधा कृष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् भने सोहि दिनको संचालक समितीको बैठकले अर्जुन कुमार सिँहलाई सञ्चालकमा मनोनयन गरेको छ ।
साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कृष्ण बहादुर थापाले वित्तीय क्षेत्रमा नविनत्तम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढेको र अहिले वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले ग्रामिण दुरदराजमा गई वित्तीय कारोवारका साथै सामाजिक कार्य पनि गर्दै आएको बताए ।
सभालाई सम्वोधन गर्दे नेपाल राष्ट्र बैंकका निर्देशक राजन बिक्रम थापाले जोखिम न्यूनिकरण र शेयर धनिलाई सक्रिय हुन आग्रहगर्दै नाफा भन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध गरे । त्यस्तै संस्थापक शेयरधनी विश्व जय पुडासैनीले निर्वाचित सञ्चालक समितीलाई सफल कार्यकालको शुभकामना प्रदान गरे । यो वित्तीय संस्थाले ग्रामिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भमिका खेल्दै आएको बताए । उनले हालसम्म वित्तीय संस्थाले १५ वटा शाखा कार्यालय मार्फत ६ हजार ५ सय भन्दा बढि सदस्यलाई समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्य बाट २८ करोड कर्जा लगानी गरेको र ३ करोड ५० लाख असुली भएको जानकारी गराउदै वित्तीय संस्थाले आगामी दिनमा ग्रामिण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?