नया बर्षमा मोवाइल एक्सचेन्ज अफर


काठमाडौ : नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वलर्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ ।
यसमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था पनि गरिएको छ । एक साता सम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्ल वलर्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।
एप्पल वल्र्ड मोबाइलले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । बैशाख एक देखि आठ सम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?