नवलपरासीमा महिन्द्रा टुह्वीलरको सोरुम


काठमाडौं : नेपालको लागि महिन्द्रा टु ह्वीलको आधिकारिक विक्रेता अग्नि मोटो इन्क को आधिकारीक डिलर वारिस अटोमोबाइल्सले सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवाप्रदानगर्ने उद्देश्य सहित नवलपरासी बजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
शोरुम १ वैशाख बाट सन्चालनमा ल्याईएको छ । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकले सर्वसुलभ एवं सहज तरिका बाट महिन्द्रा टुह्वीलरको सबै सेवा प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रितनभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टसको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ ।
सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकलाई स्पेयरपार्ट उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?