टेलिकमको ह्याप्पी सोसल मिडिया प्याक योजना


काठमाडौं : नेपाल टेलिकमले आमाको मुख हेर्ने दिन ह्याप्पी सोसल मिडिया प्याक योजना ल्याएको छ । टेलिकमको जिएसएम तथा सिडिएमए सेवालाई लक्षित गर्दै यो योजना ल्याएको हो । यसमा
ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । यो योजना सोमबारदेखि वैशाख १८ सम्म कार्यान्वयनमा आउने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने र सात दिनसम्म प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।
ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नुपर्ने टेलिकमले जनाएको छ । त्यस्तै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर ल्याएको छ । विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सीम निःशुल्क दिने जनाउँदै टेलिकमले सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने उल्लेख छ । कम्पनीका अनुसार बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नुपर्ने ब्यवस्था गरेको छ ।
विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध कम्पनीले जनाएको छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?