प्रभु बैंक र नेपाल मेडिसिटी अस्पताल वीच सम्झौता


काठमाडौं : प्रभु बैंक र नेपाल मेडिसिटी बीच उपचार खर्च छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल मेडिसिटीले प्रभु बैंकका कर्मचारी तथा ग्राहकको उपचारमा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सो सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख छ ।
द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । नेपाल मेडिसिटी सँगको सो सम्झौता पछि बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका ग्राहकले नेपाल मेडिसिटीको स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गर्न पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?