मुक्तिनाथ बैंकमा मानन्धर


काठमाडौ : मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले पदबहाली गरेका छन । त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका मानन्धर यो बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनको विभिन्न वाणिज्य बैंकमा १७ वर्ष लामो कार्य अनुभव रहेको पनि बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?