आइएमई जनरल र नर्भिक हस्पिटल सम्झौता


काठमाडौं : आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेस्नल हस्पिटलबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएको पनि बिज्ञप्तिमा उल्लेख छ ।
हस्पिटलका ग्राहकले इन्स्योरेन्सको औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन नगद रहित सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?