बाराको गंजभवानी पुरमा कैलाश बैंक


काठमाडौ : कैलाश विकास बैंक लिमिटेडले बारा जिल्लाको गंजभवानीपुरमा शाखा विस्तार गरेको छ । यो बैकको ४८ औँ शाखा हो । बैंकले सोमवार देखि उक्त शाखाबाट कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
कार्यक्रममा संस्थाका सिनियर एक्ज्यूकेटिभ कृष्ण गोपाल मानन्धरले संस्थाले वित्तिय क्षेत्रमा पु¥याएको योगदानको वारेमा प्रकाश पारेका थिए । नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहाको बेल्हा, पर्साको विरगंज तथा अन्य विभिन्न ठांउमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।
बैकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैया रहेको छ । संस्थाले २०७४ चैत्र मसान्त सम्म २० अर्व ३६ करोड निक्षेप संकलन गरी १८ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?