एलआइसी इन्स्योेरेन्सका भण्डारी उत्कृष्ठ अभिकर्ताबाट सम्मानित


काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा परेका छन । लाईफ इन्स्योेरेन्स कर्पोरेशन(एलआइसी) नेपालमा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् ।
भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । भण्डारीले यो वर्ष एलआईसीको विश्वभर भएको २१ वटा शाखामध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?