गण्डकी बैकको एकै दिन आठ शाखा विस्तार


पोखरा : गण्डकी विकास बैक लिमिटेडले एकै दिन थप आठ वटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । बुधबार थप गरिएका शाखामा मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन,बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ । यो सगै बैकका ५९ वटा शाखाबाट पूर्ण बैकिङ सुविधा प्रदान हुने पनि बैकले जनाएको छ ।
बंैकले उक्त शाखाबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, इसिसी÷आईपिएस, सि–आस्वा, मोवाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा ंचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । बैकले केन्द्रीय कार्यालय सहित देशका सबै शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, इसिसी÷आईपिएस, सि–आस्वा, मोवाइल बैकिङ्ग, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाबाट ३ सय ६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आएको छ ।
साथै न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । बैकका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणधीन अवस्थामा रहेको र यसै आर्थिक वर्षभित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यसपछि बैकका कुल ७७ वटा शाखा कार्यलय हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?