सेञ्चुरी बैंक र यूनियन लाइफ वीच बैकासुरेन्स सम्झौता


काठमाडौ: सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले सेञ्चुरी बैकको तर्फबाट बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन । बैकले काठमाडौं उपत्यकामा ११ शाखा, ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिग गरी १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?