कारबाहीमा चौध तालिबान मारिए


काबुल, १० वैशाख: अफगानिस्तानको उत्तरी प्रान्तमा कम्तीमा १४ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ घाइते भएका अधिकारले सोमबार जानकारी दिएका छन् । आइतबार ताक्हार प्रान्तको याङ्गी काला जिल्लामा ‘अफगान नेसनल आर्मी (एएनए)’ गरेको कारबाहीको क्रममा ६ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान गृह मन्त्रालयले ट्वीटरमार्फत जानकारी दिएको छ । यस्तै गरी छिमेकमा पर्ने प्रान्त कुन्दुजमा अफगान सेना र प्रहरीको संयुक्त कारबाहीमा आठ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका आक्तास जिल्लाका जिल्ला गभर्नर अजिज उल्लाहले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यस कारबाहीमा तालिबान आतङ्ककारी समूहका दुईजना प्रान्तीय कमाण्डरको समेत मृत्यु भएको बताइएको छ । (रासस /सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?