अहिले बीमामा नागरिकको पहुँच बढ्दै गएको छ


विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपालमा बीमाको इतिहास झण्डै ७ दशकको छ । नेपाल बैंक लिमिटेडको आफ्नो आन्तरिक सम्पत्तिको सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बीमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा वि.सं. २००४ मा स्थापना भएको बीमा कम्पनीले बीमाको इतिहास रचेको थियो । त्यति बेला दुई दर्जन उद्योग स्थापना भएका थिए । यत्ति लामो समय बितिसक्दा पनि निकै कम जनताको पहुँचमा मात्रै बीमाको विस्तार भएको छ । औपचारिक तथ्यांक नभएपनि बढीमा ७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरू बताउँछन् ।
दक्षिणी छिमेकी मुलुक भारत र नेपालमा बीमाको शुरुवात करिब एकै समयमा भएपनि त्यहाँ अहिले बीमा व्यवसाय निकै विस्तार भएको छ । तर नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । नेपालमा बीमा व्यवसाय व्यवस्थापन, विकास र विस्तार गर्नका लागि नियमनकारी निकाय बीमा समितिको स्थापना भएको छ । तर, बीमा समितिले विशेष ध्यान नदिएका कारण नै बीमाको पहुँच विस्तार हुन नसककेको बीमा विज्ञहरूले बताउदै आएका छन् । नेपालको बीमा क्षेत्रमा राम्रै बजार आगटेको अगैणी कम्पनी मध्ये एक हो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी । यसै कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग बीमाको बारेमा गरिएको कुराकानीको सारः

तपाईं लामो समयदेखि बीमा क्षेत्रमा हुनुहुन्छ, तपाईले देखेका बीमा क्षेत्रमा देखिएका समस्याहरू के–के हुन् ?
हरेक नेपालीले बीमा के हो र यसको फाइदा केका लागि हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । अहिले बीमा क्षेत्रमा देखिएको मुख्य समस्या भनेको बीमा चेतना नै हो । मैले यो कुरा किन गरिरहेको छु भने विकसित मुलुकमा औसत उमेर र प्रतिव्यक्ति आय उच्च रहेको हुन्छ ।
हाम्रो छिमेकी मुलुक भारतमा नै हेर्ने हो भने छोटो समयमा इन्स्योरेन्स क्षेत्रमा विकास भएको छ । नेपालमा पनि केही वर्षदेखि बीमाप्रति जनचासो बढ्दै गएको छ । नेपालीले पनि आफ्नो जीवनमा जोखिम रहेको अनुभव गरिरहेका छन् । जोखिमको समाधान बीमाले नै गर्छ भन्ने चेतना अझै पूर्ण रुपमा फैलन सकेको छैन । मैले अघि पनि भने बीमाको महत्व के हो त्यो बुझ्नुपर्छ । बीमा गर्नु भनेको नै भविष्यको जाखिम अन्त्य गर्नु हो । जसले यो कुरा बुझ्नु भएको छ, उहाँहरूले बीमा गर्नु भएको छ । पछिल्लो समय बीमा गर्ने हो भने जोखिम बीमा कम्पनीले बोकिदिन्छ भन्ने चेतनाको वृद्धि हुँदै गएका कारण बीमामा नागरिकको पहुँच पनि बढ्दै गएको छ ।
यसका लागि बीमा अभिकर्ताहरू जानकार र क्षमता चाहिन्छ । बीमा अभिकर्ता क्षमता हुने हो भने बीमाबारे आमनागरिकले सजिलोसँग बुझ्न पाउँछन र यसमा आकर्षण बढ्छ । यसको अलावा मानिसको उपलब्धिमुलक इन्स्योरेन्स हुनु पनि जरुरी छ । अहिलेकोे अवस्थालाई हेर्न हो भने कसैको दबाब वा आग्रहमा मात्रै बीमा गर्ने प्रचलन छ । दबाब वा आग्रहमा नभई आफंैले बुझेर आफ्नै लागि बीमा गर्ने प्रचलन आउनुपर्छ ।

नेपालको बीमा क्षेत्रलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
बीमा क्षेत्रमात्रै नभएर जुनसुकै क्षेत्रमा काम गर्दा पनि सिक्दै जाने कुरा हो । मैले पनि त्यसरी नै क्रमशः सिक्दै जाने हो । आफूलाई यो क्षेत्रमा सात वर्षदेखि काम गर्ने मौका पाएको छु । कुनै पनि देशका मान्छे आर्थिक जीवनसँग सम्बन्धित हुन्छन् । यो इन्स्योरेन्स क्षेत्रलाई हामीले उपयोग गर्न सक्नुपर्ने हुन्छ ।
इन्स्योरेन्स क्षेत्र भनेको जोखिम व्यवस्थापन, बचत र यसलाई लगानीको रुपमा पनि लिन सकिन्छ । यो क्षेत्र आगामी दिनमा चाँडै लगानीको कुरा पनि आउने देखिन्छ । किनकी अहिले जनसंख्या पनि बढ्दै छ । त्यस्तै प्रतिस्पर्धा त उच्च रुपमा बढेको छ, यसले गर्दा पनि अबका दिनमा इन्स्योरेन्सलाई लागानीको रुपमा पनि नेपालीले महशुस गर्न सक्छन् । बीमाको सन्दर्भमा यी दुवै फाइदा हुन् । आर्थिक जोखिमलाई मात्र सुरक्षित गर्ने भनेको प्रोडक्सन इन्स्योरेन्स हुन्छ । त्यसमा कुनै पनि पैसा फिर्ता आउँदैन र लाइफ कभर हुन्छ । अर्को बचतको पाटोको इन्स्योरेन्सले मानिसको जोखिमलाई अन्त्य गर्दछ । निश्चित समय सकिएपछि पैसा पाउँछ त्यो रकम बोनससहित पाइन्छ । त्यो बोनस भनेको नै हाम्रो बचतको प्रतिफल हो ।

अहिले स्वास्थय बीमालाई सरकारले विशेष प्राथमिकताका साथ अघि बढाएको छ, यसमा तपाईको धारणा के छ ?
यो सरकारको नागरिकप्रतिको दायित्व नै हो । यस्ता कुरा ल्याउँदै गर्दा प्रिमियम तिराएरमात्रै हँुदैन, कहाँ लगेर उपचार गर्ने भन्ने योजना पनि बनाउनु जरुरी छ । सरकारका अलावा निजी कम्पनीले पनि राम्रो गर्दै आएका छन् । स्वास्थ बीमा र निर्जीवन कम्पनी पनि यसमा क्रियाशील हुँदै आएको सन्दर्भमा सोचे अनुरुप जान चाहिँ सकिरहेको देखिँदैन । बीमा समितिले इन्स्योरेन्सको पेनिटेसन बढेन भन्ने हिसाबमा नम्बरलाई इन्क्रिज गर्यो र नम्बर बढाउँदैमा इन्स्योरेन्सको कभरेज बढ्छ भन्दै अनुमान लगाउन सक्छौ ?
इन्स्योरेन्सको कभरेज बढाउनलाई एक किसिमको सहयोग हुन सक्छ । विजनेस गर्ने कम्पनीमा नयाँ मेथोलोजीको विकास गर्छन् । प्रतिस्पर्धाले नै इनोभेसन ल्याउने हो, पेनिटेसनमा पोजेटिभ इम्प्याक्ट अवश्य ल्याउँछ ।

पछिल्लो समय बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ, यसको कारण के हुन सक्छ ?
पछिल्लो समयमा इन्स्योरेन्सले शेयर बजारमा पनि राम्रो सम्भावना देखायो । यसमा लगानीकर्ताले राम्रो पैसा पनि कमाए । इन्स्योरेन्सको नाफाको क्षमता पनि राम्रो देखियो । सबैले सकारात्मक सोचमा बसेर काम गर्यो भने त्यसलाई ठिक मान्न सकिन्छ । व्यवस्थापनकले यसमा विशेष ध्यान दिनुपर्छ ।

इन्स्योरेन्समा हुन सक्ने जोखिमको अवस्था चाहिँ कस्तो हुन सक्छ ?
जोखिमको कुरा गर्दा इस्योरेन्स झन् धेरै भनरेवल हो । जति जोखिम छन् ती सबैका इन्स्योरेन्समा भनरेबलिटी छ । त्यसकारण अरु कुनै पनि क्षेत्रभन्दा जोखिम व्यवस्थापनमा इन्स्योरेन्सले बढी ध्यान दिनुपर्छ । जब म्यानपावर बढ्दै जान्छ, हामीले जनताबाट पैसा लिने गर्छौ । त्यहाँ अप्रेसनल रिस्कको सम्भावना बढी हुन्छ । जसकारण इन्ट्रनल कन्ट्रोलका प्रोसिडयोर बलियो हुनुपर्छ । एउटा भइराखेको प्रोडक्ट बजारमा ल्याउने, अर्को आफैंले परिकल्पना गर्ने दुई किसिमको प्रोडक्ट डेभलपमेन्ट हुन्छ । कहिले काहिँ व्यवस्थापनको सिद्धान्तले धेरै नयाँ प्रयोग गर्नुभन्दा जे छ, त्यहीबाट गरौं भन्ने पनि हुन्छ । किनभने धेरै मान्छेलाई थाहा छँदैछ । एजेन्टलाई बेच्न पनि सजिलो छ र त्यही किसिमको ल्याउने एउटा पाटो हुनसक्छ । मेरो विचारमा आगामी दिनमा इनोभेसन, इनोभेटिभ प्रोडक्ट चाहिँ आउँछ ।

बीमा समितिले इन्स्योरेन्स कम्पनीरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
बीमा समितिले सबै बीमा कम्पनीलाई एउटै दृष्टिकोणले हेर्छ । बीमा समिति नियमनकारी निकाय भएकाले उसले बीमा कम्पनीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा ध्यान दिएको हुन्छ । देशमा बीमा बढाउनलाई ‘ओपन मार्केट फिलोसफी’ मा कुनै मानिस म पनि एउटा बीमा कम्पनी खोल्छु भनेर आउँछ भने रोक्ने कुरा हुँदैन । अहिले ट्रान्सपोर्टसनदेखि सरकारको नीति पनि हामीले हेर्दै आएका छौं । समग्रमा भन्नुपर्दा बीमा समितिले कम्पनीलाई हेर्ने दृष्टिकोण सकारात्मक नै पाएको छु ।

असन बजार पत्रिकाबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?