चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने


बेइजिङ: चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो । त्यस्तै उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबारमात्र दिनुभएको छ । कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्नुभएको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?