लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथग्रहण


काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लुम्बिनी विकास बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अशोकराज पाण्डेलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७(२) बमोजिम उनले शपथ खुवाएका हुन् । सो अवसरमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, उपनिर्देशक निर्मल कार्की, बैंक सञ्चालक समितिका सदस्य राजेशकुमार अग्रवाल, कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?